१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

मुख्य खबर

सिद्धपोखरीमा भक्तजनको भिड



भक्तपुर, २१ भदौ । इन्द्रजात्राको चौथो दिन आज इन्द्रदहले समेत परिचित भक्तपुरको प्रसिद्ध सिद्धपोखरीमा भक्तजनको घुइँचो लागेको छ ।

इन्द्रजात्राको दिन साँझ खौमास्थित इन्द्रायणी देवीलाई बाजागाजासहित सिद्धपोखरी पु¥याएर तान्त्रिक विधिपूर्वक पूजा र भोगबलि चढाउने र रातभर त्यहीँ राख्ने परम्परा रहेको छ । सोहीअनुसार आज बिहानै सिद्धपोखरीमा नुहाएर इन्द्रायणी देवीको दर्शन गर्ने भक्तजनको भिड लागेको हो ।

सिद्धपोखरीलाई देवराज इन्द्रले स्नान गरेको दहको प्रतीकको रुपमा लिने भएकाले स्थानीयले यसलाई इन्द्रदहको रुपमा समेत लिने गरेको छ । इन्द्रदहमा स्नान गरी इन्द्रायणी देवीको पूजाआराधना गरे ठूलो पूण्यप्राप्ति हुनुका साथै पारिवारिक सुःख समृद्धि मिल्ने जनविश्वास रहेको छ ।

भक्तपुरका अधिकांश स्थानीयको कुलदेवतासमेत रहेको सिद्धपोखरी परिसरमा लिच्छविकालिनदेखि मल्लकालसम्मका शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवीदेवताका मूर्तिहरु रहेका छन् ।

सिद्धपोखरीमा रहेको शिवलिंगमा जल चढाई पिएमा घा“टी दुखेको रोग निको हुन्छ भन्ने जनविश्वाससमेत रहेको स्थानीय बताउँछन् ।

प्रकाशित : २१ भाद्र २०७४, बुधबार ००:००