२३ बैशाख २०८१, आइतबार । May 5, 2024

मुख्य खबर

प्रथम ऐतिहासिक अमरापुरी महोत्सव



नवलपरासी, १८ भदौ । नवलपरासीको गैँडाकोट नगरपालिकाको अमरापुरीमा प्रथम ऐतिहासिक अमरापुरी महोत्सव हुने भएको छ ।

अमरापुरीको धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको रेन्बो युथ क्लब अमरापुरीका अध्यक्ष एवं महोत्सव मूल समारोह समितिका संयोजक विवेक न्यौपानेले जानकारी दिनुभयो ।

अमरापुरी क्षेत्रलाई सिंगो देशभर चिनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उहाँले बताउनुुभयो । आउँदो असोज–३ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने महोत्सवमा कूल १०० कक्ष रहनेछन् ।

महोत्सवको मुख्य आकर्षणका रुपमा १० फिट अग्लो नवदुर्गाको कलात्मक प्रतिमूर्ति राखिने छ । महोत्सव अवधिभर दैनिक, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहनेछ ।

यस्तै महोत्सवभरि दैनिक विभिन्न अतिरिक्त क्रियाकलाप हुनेछन् । महोत्सवमा ५० हजार दर्शकले अवलोकन गर्ने जसमा रु पाँच करोडभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान छ ।

विज्ञानसँग सम्बन्धित वस्तुको प्रदर्शन

नवलपरासीको गैँडाकोट क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीले तयार गरेको विज्ञानसँग सम्बन्धित वस्तु प्रदर्शनमा राखेका छन् ।

अक्सफोर्ड सेकेन्डरी स्कुल तथा अक्फोर्ड कलेज अफ इञ्जिनियरिङको आयोजनामा विद्यार्थीले विज्ञान प्रदर्शनी र रोबोटिक प्रतिस्पर्धाको कला प्रस्तुत गरेका हुन् ।

शनिबार कलेज परिसर गैँडाकोट नारायणी नदी किनारमा भएको कार्यक्रममा विद्यार्थीले विभिन्न विज्ञानसँग सम्बन्धित आविश्कारका प्रदर्शनी गरेका थिए ।

प्रदर्शनी शुभारम्भ गर्दै कृषि विज्ञान विश्वविद्यालय रामपुरकी डीन प्राध्यापक डा शारदा थपलियाले विद्यार्थीका उत्पादन बजारसम्म पु¥याउन प्रदर्शनी महत्वपूर्ण रहेको बताउनुभयो ।

अक्सफोर्ड कलेजले पहिलोपटक गरेको यो प्रदर्शनीका माध्यमबाट कलेजका विद्यार्थीको उपलब्धि बजारमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास लिएको छ । प्रदर्शनीमा २१ समूहले प्रदर्शन गरेका थिए ।

यसैबीच शनिबार नै भएको रोबोेटिक प्रतिस्पर्धामा रोबोरेस गु्रप ए प्रथम, वाल्मीकि शिक्षा सदन द्वितीय र अक्फोर्ड सेकेन्डरी स्कुल बी तृतीय भएका भएका थिए । नौ वटा कलेजका १३ समूह प्रतिस्पर्धामा थिए ।

प्रकाशित : १८ भाद्र २०७४, आइतबार ००:००