१९ बैशाख २०८१, बुधबार । May 1, 2024

मुख्य खबर

सामुदायिक र सार्वजनिक पुस्तकालय सम्मेलन असोजमा



काठमाडौँ, १८ भदौ । शिक्षा मन्त्रालयले आगामी असोज २६ र २७ गते ‘प्रथम सामुदायिक र सार्वजनिक पुस्तकालय सम्मेलन’ गर्ने भएको छ ।

सामुदायिक र सार्वजनिक पुस्तकालयबीच अनुभव आदानप्रदान गर्नका लागि सम्मेलन आयोजना गर्न थालिएको मन्त्रालयका पुस्तकालय शाखाका प्रमुख यादव निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनम प्रत्येक जिल्लाबाट कम्तीमा एक सामुदायिक र सार्वजनिक पुस्तकालयको सहभागिता हुने छ । सम्मेलनबाट नेपालमा रहेका सामुदायिक र सार्वजनिक पुस्तकालयको यकिन तथ्यांक पनि आउने छ ।

अहिले नेपालमा कति पुस्तकालय छन् भन्ने तथ्यांक नभएको उपसचिव समेत रहनुभएका निरौलाले बताउनुभयो । अहिले करिब एक हजारको संख्यामा पुस्तकालय रहेको बताइए पनि वास्तविक कति रहेको छन् भन्ने थाहा हुन सकेको छैन । सम्मेलनमा पुस्तकालयका समस्या पहिचान गरी राज्यका तर्फबाट गर्नसक्ने सहयोग पनि उपलब्ध गराइने उहाँले बताउनुभयो ।

प्रकाशित : १८ भाद्र २०७४, आइतबार ००:००