२३ बैशाख २०८१, आइतबार । May 5, 2024

मुख्य खबर

देशको विकास गर्न नेपाली काँग्रेस अग्रसर



सुरुङ्गा (झापा), १७ भदौ । नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले मुलुकको हरेक परिर्वतनमा काँग्रेसले नेतृत्वदायी भूमिका खेलिरहेको र अब पनि काँग्रेस नै देशको विकास गर्न अग्रसर हुने बताउनुभएको छ ।

नेपाली काँग्रेस झापाले आज बिर्तामोडमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताको लामो संघर्षपछि स्थानीय तहमा आफ्ना प्रतिनिधिले उचित स्थान पाएको र उनीहरुले नै विकासका कामलाई अघि बढाउने बताउनुभयो । नेता सिटौलाले स्थानीय तहको निर्वाचनमा दोस्रो भए पनि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गर्नुभयो ।

पार्टीलाई बलियो बनाउन सबै नेता तथा कार्यकर्तालाई आग्रह गर्दै नेता सिटौलाले भन्नुभयो, “पार्टी बलियो भए प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा हाम्रो उपस्थिति पनि बलियो हुन्छ ।”

प्रकाशित : १७ भाद्र २०७४, शनिबार ००:००