१९ बैशाख २०८१, बुधबार । May 2, 2024

मुख्य खबर

पशुको कृत्रिम गर्भाधान



जुम्ला, १६ भदौ । जिल्ला पशुसेवा कार्यालयका प्राविधिकले हिमाली भेगका पाटनमा गई गाईको कृत्रिम गर्भाधान गरेका छन् ।

कर्णाली दिगो विकास प्रतिष्ठान (कास्डा) जुम्लाको सहजीकरणमा पशुसेवा कार्यालयका कर्मचारीले कृत्रिम गर्भाधान गरेका हुन् । तीन हजार ५०० मिटरदेखि चार हजार मिटर उचाइमा रहेको मालिकाठाँटा र घोडेमहादेवको पाटनमा गई गाईको कृत्रिम गर्भाधान गराएका हुन् ।

वर्षाको समयमा गाउँका सबै गाईगोरु चरनका लागि पाटन लगेका कारण खर्कमै गई १६५ पशुमा कृत्रिम गर्भाधान गरेको जिल्ला पशुसेवा कार्यालयका नायब पशु स्वास्थ्य प्राविधिक हरिबहादुर रावलले जानकारी दिनुभयो । डिल्लीचौरमा १५ दिन तथा मालिकाठाँटा र घोडेमहादेवमा एक महिनाको समय लगाएर कृत्रिम गर्भधान र पशु खोप शिविर सञ्चालन गरिएको थियो ।

उन्नत जातका गाई वृद्धि गर्ने र यसबाट किसानको व्यवसाय तथा आम्दानीमा सहयोग पु¥याउने उद्देश्यले कृत्रिम गर्भाधान तथा खोप शिविर सञ्चालन गरिएको हो । त्यसका लागि कर्णाली दिगो विकास प्रतिष्ठानको रु सात लाख र जिल्ला पशुसेवा कार्यालयको रु तीन लाख खर्च भएको बताइएको छ ।

प्रकाशित : १६ भाद्र २०७४, शुक्रबार ००:००