१५ बैशाख २०८१, शनिबार । April 27, 2024

मुख्य खबर

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आयोगको ध्यान केन्द्रित



काठमाडौँ, १५ भदौ । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन तोकिएको समयमा सम्पन्न गर्न सम्पूर्ण तयारी त्यसतर्फ केन्द्रित गरेको जनाएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालले आज आफ्नो कार्यकक्षमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले निर्वाचनसँग सम्बन्धित अत्यन्तै महत्वपूर्ण रहेको निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त भइसकेकाले अब आयोग प्रदेशसभा र प्रतिनिधिसभा ऐनको प्रतीक्षामा रहेको बताउनुभयो ।

प्रवक्ता ढकालले भन्नुभयो, “निर्वाचन कानून महत्वपूर्ण कुरा हो, मतपत्रको ढाँचा, संख्या, जनशक्तिजस्ता महत्वपूर्ण कुराहरु यो सँग जोडिएका हुन्छन् ।”आयोगले अहिले मतदाता नामावली संकलन, प्रशोधन र अरु आवश्यक सामग्रीको जोहो गर्ने कार्यमा जुटिरहेको उहाँले बताउनुभयो ।

एक प्रश्नको जवाफमा प्रवक्ता शर्माले भन्नुभयो, “हिमाली र उच्च पहाडीगरी ३० भन्दा केही बढी जिल्लामा पहिलो चरणमा मंसिर १० गते तथा बाँकी पहाडी र तराई जिल्लामा दोस्रो चरणमा तर एकै पटक प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा आयोग जुटेको छ ।”

स्थानीय तहको तेस्रो चरणको निर्वाचन गर्ने सन्दर्भमा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आइसकेको, मतदाता शिक्षा कार्यकता परिचालन गरिएको, मतपत्र र अन्य सामग्रीको ढुवानी व्यवस्थापन भइसकेको पनि उहाँले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचनका लागि यही भदौ २१ गते उम्मेदवारको मनोनय दर्ता हुने र २४ गते निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम छ ।

प्रकाशित : १५ भाद्र २०७४, बिहिबार ००:००