१२ बैशाख २०८१, बुधबार । April 24, 2024

मनोरञ्जन

पल छेउमा आउंदा आंचलले मन थाम्न सकिनन्



जब जब तिम्रो साथ मिल्दै मिल्दै गयो भन्दै पल शाह आंचलको छेउमा पुगेपछि आंचल निकै खुशी देखिईन् । त्यसपछि मन मिल्ने मान्छेले यसो भनिरहंदा आंचलले मन थाम्न सकिनन् । उनले खुसुक्क पललाई अंगालो हालेर आफ्नो माया देखाईहालिन् ।
खासमा चलचित्र जोनी जेन्टलम्यान चलचित्रको उक्त बोलको गितमा उनिहरुले यसरी प्रस्तुत भएका हुन् । उक्त गित भर्खरै युट्युवमा सार्वजनिक गरिएको छ ।

गीतलाई चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द र संगीतमा तयार पारिएको हो। अन्जु पन्त र सुरेश लामाको स्वर रहेको यस गीतमा प्रविन सिंहको नृत्य निर्देशन रहेको छ । निकै सुन्दर दृश्यहरु समाबेश गरिएको कणप्रिय यस गीतमा पल र आँचललाई उत्कृस्ट जोडीको रुपमा प्रस्तुत गरिएको छ ।

प्रतिक्षित चलचित्रको रुपमा हेरिएको ‘जोनी जेन्टलम्यान’ लाई नितिन चन्दको निर्देशन गरेका हुन् । चलचित्रमा पल शाह, आँचल शर्मा, विकास जोशी, जैना कुँवर, सन्तोष शिलवाल गिरीको मुख्य भूमिका छ ।

चलचित्रलाई युवा ब्यबसाही एन्ड्रियु पौडेलको निर्माण गरेका हुन् । अजय मल्ल ठकुरी कार्यकारी निर्माता रहेको यो फिल्ममा सन्जु शाह सह-निर्माताको रुपमा रहेका छन् । चलचित्र ‘जोनी जेन्टलम्यान’ यहि भाद्र ३० गते बाट प्रदर्शनमा आउदैछ ।

गीत हेर्नुहोश :

प्रकाशित : ११ भाद्र २०७४, आइतबार ००:००