२४ बैशाख २०८१, सोमबार । May 6, 2024

छापा खबर

किरात प्रदेशको माग गर्दै ज्ञापन पत्र




काठमाण्डौं । पहाडको विकासको निम्ती निर्वाचन क्षेत्रको संख्या बढाउन माग गर्दै किरात राई यायोक्खाले सरकार संग माग गरेको छ ।
सिंहदरवार स्थित निर्वाचन क्षेत्र निर्धारण आयोगलाई ज्ञापनपत्र बुझाएर माग गरेका हुन् । पहाडमा क्षेत्र कम हुँदा त्यहाँको विकास तथा सुविधामा समस्या भएको भन्दै निर्वाचन क्षेत्र पहाडमा थप गर्नु पर्ने माग गरेका हुन् । संविधानमा जनसंख्या र भुगोललाई आधार मानेर निर्वाचन क्षेत्रको निर्धारण गर्न भनेपनि पहाडलाई उपेक्षा गरेको ज्ञापनपत्रमा उल्लेख छ । जनसंख्यालाई मात्र आधार मानेर बनाईने निर्वाचन क्षेत्रको निर्धारणले पहाडलाई अन्याय भएको उल्लेख छ । ४ बुँदे ज्ञापनपत्र बुझाएकामा १ नंवर प्रदेशलाई किरात प्रदेश नामाकरण गरिनु पर्ने पनि उल्लेख छ । ज्ञापन पत्र बुझाउनका लागि यायोक्खाका कार्यवाहक केन्द्रीय अध्यक्ष दिवस राई, महासचिव जीवन हाताचो र उप–महासचिव भीमराज राईको टोली सिंहदरवार पुगेका हुन् । टोलीले आयोगका अध्यक्ष कमलनारायण दास र सदस्य माधव अधिकारीलाई हस्तान्तरण गरेका थिए । ज्ञापन पत्र बुझाएपछिको प्रतिकृयामा कार्यवाहक अध्यक्ष राईले भने हाम्रो मागले अरुको मागलाई असर पार्ने नभई सवैको समानता हुनुपर्ने बताए । उनले ज्ञापनपत्र बारे आयोग सकारात्मक रहेको पनि बताए ।

प्रकाशित : ४ भाद्र २०७४, आइतबार ००:००