१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

तस्बिर

अनशनरत प्रा डा केसीको समर्थनमा प्रदर्शन



काठमाडौँ, २१ साउन । दुई हप्तादेखि आमरण अनशनमा बस्नुभएका प्रा डा गोविन्द केसीको समर्थनमा आज ¥याली निकालिएको छ ।

विभिन्न संघसंस्था तथा सरोकारवालाको आयोजनामा निकालिएको ¥याली माइतीघर मण्डलाबाट सुरु भएर प्रदर्शनी मार्गमा पुगेको थियो । प्राडा केसीले चिकित्सा शिक्षा ऐन छिटो ल्याउनुपर्ने र संस्थानमा तत्काल सहायक डीन नियुक्त गर्नुपर्ने प्रमुख माग राख्दै साउन ९ गतेदेखि आमरण अनशन शुरु गर्नुभएको हो । शिक्षा मन्त्रालयले डा केसीलाई अनशन तोडी वार्तामा आउन पटकपटक आग्रह गर्दै आएको छ ।

शुक्रबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गर्नुभएको उच्चस्तरीय बैठकले अनशनरत प्रा डा केसीलाई अनशन तोड्न आग्रह गर्ने निर्णय गरेको छ थियो । ¥यालीमा पूर्वप्रधानन्यायाधीश, मानवअधिकारकर्मीलगायत चिकित्सकको सहभागिता रहेको थियो । रासस

प्रकाशित : २१ श्रावण २०७४, शनिबार ००:००