१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

ग्लोबल

मदनको हत्या आरोपमा विमल गुरुङलाई पक्राउ पुर्जी



काठमाण्डौं । भारतमा गोर्खाल्याण्ड राज्य प्राप्ती आन्दोलन निरन्तर एक महिना चलिरहेको बेलामा आन्दोनका नाईकेहरुलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।
गोर्खाल्याण्ड आन्दोलनका तत्कालिन अगुवा मदन तामाङको सन २०१० मा हत्या आरोपमा अहिलेका आन्दोलनका नाईकेहरुलाई पक्राउ पुर्जी जारी भएको हो । सम्बन्धितलाई नभेटेपछि उनिहरुकै घरमा पुर्जी टाँस गरिएको छ । पुर्जी टाँस पाउनेहरुमा गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङ, महासचिव रोशन गिरी, सहसचिव विनय तामाङ सहित छन् । उनिहरु अहिलेका गोर्खाल्याण्ड आन्दोलनका मुख्य नायकहरु हुन् । गोर्खाल्याण्डका लागि शसक्त नेताको रुपमा चिनिएका मृतक तामाङ लिगले आयोजना गरेको एक सार्वजानिक सभामा भागलिन जाने क्रमममा दार्जेलिङ शहरको ब्यस्त सडकमा दिउँसै हत्या भएको थियो ।

मोर्चा र लिगका नेताहरुको गोर्खाल्याण्ड प्राप्तिको आन्दोलन एकै भएपनि आपसमा सशंकीत भई तालमेल थिएन । त्यसैले तामाङको हत्या लगत्तै पनि मोर्चाका नेताहरुलाई आरोप लागेको थियो । ७ वर्षपछि २३ जुलाईका दिन गोर्खाल्याण्ड आन्दोलन चर्किरहेकै बेला पक्राउ पुर्जी टाँस भएको छ । पुर्जी टाँसका लागि भारतीय प्रहरीको केन्द्रीय जाँच ब्युरो खटिएको भारत बाट प्रकासित खबर म्याग्जिनले खेलेको छ ।

प्रकाशित : ८ श्रावण २०७४, आइतबार ००:००