२२ बैशाख २०८१, शनिबार । May 4, 2024

मुख्य खबर

राप्रपाको धर्म तथा संस्कृति विभागमा पुरुष



काठमाडौँ, १८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्म तथा संस्कृति समन्वय विभागको प्रमुखमा पुष्पराज पुरुषलाई आज मनोनयन गरिएको छ ।

पार्टीका अध्यक्ष कमल थापाले मुलुकका संस्कृति तथा विभिन्न धर्मकाबारेमा लामो समयदेखि खोज अनुसन्धानकर्ताका रुपमा क्रियाशील रहनुभएका पुरुषलाई उक्त विभागको प्रमुखको जिम्मेवारी दिनुभएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

सो विभागले पार्टीको जनवर्गीय सङ्गठनका रुपमा क्रियाशील भई धर्म तथा संस्कृतिको प्रवद्र्धनका लागि पार्टीलाई सुझाव दिने गर्छ ।

नवनियुक्त प्रमुख पुरुषलाई यसअघि पनि तत्कालीन राप्रपा नेपालमा रहँदा सोही पदको जिम्मेवारी प्रदान गरिएको थियो । राप्रपा नेपाल राप्रपामा एकीकरण भएपछि सो पद खाली थियो ।

प्रमुख पुरुषले पार्टीलाई राष्ट्रवादी प्रजातान्त्रिक शक्तिका रुपमा स्थापित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित : १८ असार २०७४, आइतबार ००:००