२२ बैशाख २०८१, शनिबार । May 4, 2024

ग्लोबल

जी–२० सम्मेलनस्थल ह्यामवर्गमा हजारौं जर्मनद्वारा प्रदर्शन



ह्यामवर्ग (जर्मनी), १८ असार । जर्मनीको उत्तरी क्षेत्रमा रहेको शहर ह्यामवर्गमा गु्रप अफ ट्वान्टी (जी–२०) सम्मेलन हुन करिब एकब हप्ता बाँकी रहँदा हजारौं जर्मन नागरिकले भने आइतबार पहिलो विशाल विरोध प्रदर्शनको आयोजना गरेका छन् ।

करिब चार हजारको सङ्ख्यामा शहरको मध्य भागमा भेला भई विश्वका प्रमुख विकशित र विकासोन्मुख राष्ट्रले जलवायु तथा व्यापार नीतिका विषयमा सुधार गर्न आग्रह गर्दै प्रदर्शन गरेका हुन् ।

विरोधमा वातावरण, श्रम, मानव अधिकारकर्मी तथा क्रिश्चियन धर्मावलम्वीको सहभागिता रहेको बताइएको छ । स्थानीय अधिकारीले भने सम्मेलनको सुरक्षार्थ भन्दै शहरका विभिन्न भूभागमा प्रदर्शन निशेधित क्षेत्रको घोषणा गरेको छ ।

यसैवीच जर्मन चान्सलर एन्जेला मर्केलले एक भिडियो सम्बोधन गर्दै प्रदर्शनको नेतृत्व गरेका नेताहरूसँग वार्ता गरी
शान्तिपूर्ण रूपमा समस्याको समाधान गर्न सकिने भन्दै छलफमा सहभागी हुन आग्रह गर्नुभएको छ ।
स्मरण रहोस, यही जुलाई ७ र ८ गते जी–२० समूहको सम्मेलन हुदैछ ।

प्रकाशित : १८ असार २०७४, आइतबार ००:००