२२ बैशाख २०८१, शनिबार । May 4, 2024

ग्लोबल

राष्ट्रपति मुनले अमेरिकासँग ‘चापलुसी’ गरेको आरोप



प्योङयाङ (उत्तर कोरिया), १८ असार । दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले गत हप्ता वासिङ्टन भ्रमणका शिलशिलामो अमेरिकासँग ‘चापलुसी तथा आत्मसमर्पण’ गरेको उत्तर कोरियाले आइतबार आरोप लगाएको छ ।

उत्तर कोरियाली सरकारी दैनिक पत्रिका रोडोङ सिनममा प्रकाशित मुनको भ्रमण समिक्षामा नयाँ दक्षिण कोरियाली सरकारले “कार्यभार सम्हाल्नु पहिले कुनै प्रष्ट नीतिबिना भ्रमण गरेर अमेरिकाबाट मानसिक दवावको सामना” गर्नुपरेको बताइएको छ ।

“ राष्ट्रपति मुनले अमेरिकाको पहिलो भ्रमणकै क्रममा कमजोर बिषयवस्तु सहित गएका कारण ‘चापलुसी तथा आत्मसमर्पण’ गर्नुपरेको” भनाई दक्षिण कोरियाली अधिकारीले खुलासा गरेको बताइएको छ ।

अव उनीहरूको व्यबहारले कतै अमेरिकी पक्षधर नेतृत्वको अन्त्यहुने बेलाभएको त हैन भन्ने आशङ्का उब्जाएको पूर्व राष्ट्रपति पार्क ग्युन हेको शासनसत्तालाई देखाउदै जनाइएको छ ।

वर्तमान् राष्ट्रपति मुन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको भ्रमणमा दक्षिण कोरियामा अमेरिकी सैन्य गठबन्धनलाई थप मजवुत बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । दुई नेताले उत्तर कोरियाको निरन्तरको आणविक हतियार मोहलाई लिएर प्योङयाङ विरुद्ध कडा खालको प्रतिबन्ध लगाउने विषयमा सहमति गर्नुभएको बताइएको छ ।

उत्तर कोरियाले जति नै चर्को स्वरले कुरा गरेपनि यसले आफ्नो देशलाई कुनै असर नपर्ने जनाएको छ ।

प्रकाशित : १८ असार २०७४, आइतबार ००:००