२२ बैशाख २०८१, शनिबार । May 5, 2024

ग्लोबल

रसियामा सडक दुर्घटना हुँदा तेह्रजनाको मृत्यु, बाह्र घाइते



मस्को (रसिया), १८ असार । रसियाली शहर जाइन्स्कमा एउटा बस र सडकमा रहेको एउटा ट्रकसँग ठक्कर खाँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ भने १२ जना अन्य घाइते भएका मध्यरसियाको क्षेत्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ ।

जम्मा २८ जना यात्रु लिएर गुडिरहेको बस ट्रकसँग ठोक्एिपछि सडकमा पल्ँिटएको र तुरुन्तै बसमा आगलागी भएको थियो ।

आगोले जलेर दुई बालबालिकासहित १३ जनाको घटनास्थलमा नै मृत्युभएको मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै रसियाली समाचार संस्था स्पुटनिक न्युज एजेन्सीले जनाएको छ ।

घटनामा घाइते भएका १२ जनालाई नजीकैको अस्पतालमा उपचारका लागि पठाइएको मन्त्रालयले जनाएको छ । प्राप्त जानकारी अनुसार घटनाको अनुसन्धान शुरु भइसकेको छ ।

प्रकाशित : १८ असार २०७४, आइतबार ००:००