१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

मुख्य खबर

रुपन्देहीको निर्वाचन परिणाम आउन थाल्यो



बुटवल, १५ असार । रुपन्देहीमा दोश्रो चरणअन्तर्गत भएको स्थानीय तहको निर्वाचन परिणाम आउन थालेका छन् ।

जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो परिणाम अनुसार बुटवल उपमहानगरपालिकाका दुईवटा वडामा नेकपा एमालेका वडा अध्यक्षसहित बहुमत सदस्य विजयी भएको छन् ।

यस्तै एक वडामा नेपाली काँग्रेस र एक वडामा नयाँ शक्ति र सङ्घीय समाजवादी फोरमको संयुक्त समूह विजयी भएका छन् ।

बुटवल उपमहानगरपालिकाका वडा नं– १ मा नेकपा एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार महेन्द्रप्रसाद लिङ्गलले ६५९ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नरेन्द्र बस्नेतले ५२५ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उक्त वडाका महिला सदस्य नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ भने दलित महिला सदस्यसहित तीन सदस्यमा नेकपा एमालेका उम्मेदबार निर्वाचित हुनुभएको छ ।

बुटवल उपमहानगरपालिकामा भर्खरै सम्पन्न वडा नं– १ को मतगणनाअनुसार नगर प्रमुखमा नेपाली काँग्रेसका खेलराज पाण्डेले ९७७ मतले अग्रता लिनुभएको छ । उहाँलाई नेकपा एमालेका शिवराज सुवेदीले ५९४ मतले पछ््याइरहनुभएको छ ।

यस्तै उपप्रमुखमा नेकपा एमालेकी गोमा आचार्य ६८४ मतले अगाडि रहनुभएको छ भने नपाली काँग्रेस– (माओवादी केन्द्र)का उम्मेदबार जगतबहादुर पोखरेलले ६८२ मत प्राप्त गर्नुभएको छ । यस वडामा एक हजार ८७१ मतदान भएको थियो ।

यस्तै सैनामैना नगरपालिका– ९ मा नेकपा एमालेको समूह विजयी भएको छ । वडा अध्यक्षका उम्मेदवार डोलराज भण्डारीले ७५३ मत ल्याएर विजयी हुनुभएको छ ।

त्यसैगरी महिला सदस्य, दलित महिला सदस्या र खुल्ला सदस्यमा पनि एमाले समूहनै विजयी भएको हो । रुपन्देहीका शुद्धोधन गाउँपालिकाबाट फोरम नेपालले जितको खाता खोलेको छ । शुद्धोधन गाउँपालिकाको वडा नं– १ बाट नयाँशक्ति र फोरम नेपालको तर्फबाट संयुक्त उम्मेदवार बनेका फोरमका उदयराज गडरिया विजयी हुनुभएको हो ।

उहाँले ८४९ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जङ्गबहादुर यादवले ५६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

यसैबीच रुपन्देहीका सम्मरीमाई गाउँपालिकाको वडा नं–१ को अध्यक्षमा काँग्रेसको समूह विजयी भएको छ । अध्यक्षका उम्मेदवार शिवकुमार यादवले ७५६ मतसहित विजयी हुनुभएको छ ।

जिल्लाको अधिकांश तहको मत गणना आज बिहानदेखि सुरु भएका छन् ।

प्रकाशित : १५ असार २०७४, बिहिबार ००:००