१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

धनगढीमा काँग्रेसको अग्रता



धनगढी, १५ असार । प्रदेश नं. ७ कोे एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।

अपराह्नसम्म ५०० मत गणना हुँदा प्रमुखमा काँगे्रसका नृप वडले १८६ मत पाउनुभएको छ । उपप्रमुखमा काँग्रेसका सुशीला मिश्र भट्टले २१० मतका साथ अग्रता हासिल गर्नुुभएको छ ।

प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले १५५ र नेकपा (एमाले) का दुर्गा जोशीले ४१ ल्याउनुभएको छ । उपप्रमुखमा एमालेका रुक्मीणि देवकोटाले हालसम्म ८३ मत पाउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)का प्रमुखका प्रत्यासी रामसमझ राना थारुले ३१ र उपप्रमुख शान्ति अधिकारी क्षेत्रीले ६३ मत पाउनुभएको मुख्य निर्वाचन अधिकृत धनसिं महराले बताउनुभयो ।

बुधबार भएको स्थानीय तहको निर्वाचनको अपराह्नसम्म प्राप्त मतपरिणामअनुसार, कैलालीको धनगढी उपमहानगर र गोदावरी नगरपालिकामा काँग्रेस, टीकापुर नगर, भजनी नगर, जोशीपुर गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरम, चुरे गापामा एमाले, घोडाघोडी नगरपालिका, बर्दगोरिया गापा, कैलारी गापामा नेकपा माओवादी केन्द्र अगाडि रहेको छ ।

भौगोलिक विकटताका कारण मतपेटिक मतगणनास्थलसम्म पु¥याउन समय लाग्ने भएकाले जिल्लाको पहाडी क्षेत्रको मोहन्याल गाउँपालिकाको मत गणना भने सुरु हुनसकेको छैन ।

प्रकाशित : १५ असार २०७४, बिहिबार ००:००