१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

मुख्य खबर

राजनीतिक दल जिम्मेवार हुनुपर्छ : अध्यक्ष थापा



हेटौँडा, १३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रिय अखण्डता, संविधान कार्यान्वयनमाथि आईपरेको चुनौतीको सामना गर्न जिम्मेवार भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।

अध्यक्ष थापाले आज हेटौँडामा राप्रपा मकवानपुरले आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो । उहाँले संविधान कार्यान्वयन गर्न आगामी माघ ७ गतेसम्म प्रदेश र केन्द्रको चुनाव सम्पन्न गरी तराईमा देखिएको समस्यालाई निष्पक्ष र व्यावहारिक रुपमा निकास दिन प्रमुख दल नै एक ढिक्का हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले नेपालमा राष्ट्रवादी शक्तिलाई कमजोर पार्न बाह्यशक्तिको चलखेल बढेकामा चिन्ता व्यक्त गर्दै राजनीतिक दल ध्रुवीकरणमा होइन जनतालाई केन्द्रविन्दु बनाएर आर्थिक समृद्धितर्फ ध्यान केन्द्रित गर्नुपर्दछ भन्नुभयो ।

प्रकाशित : १३ असार २०७४, मंगलबार ००:००