१५ बैशाख २०८१, शनिबार । April 27, 2024

मुख्य खबर

दुई बम निष्क्रिय



भीमदत्तनगर, १३ असार । निर्वाचनका बेला सन्त्रास फैलाउन कञ्चनपुरका दुई स्थानमा राखिएका बम नेपाली सेनाको टोलीले आज बिहान निष्क्रिय पारेको छ ।

अज्ञात समूहले कञ्चनपुरको पुनर्वास नगरपालिका–६ टाउन बजार नजिक र पूर्वपश्चिम राजमार्गअन्तर्गत कृष्णपुर नगरपालिका–२ वनहरामा बम राखेको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले ती बम निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
कृष्णपुर वनहरामा रहेका सशस्त्र प्रहरी निरीक्षक केशवराज भण्डारीले
दुवै बम राति राखिएको बताउनुभयो । निर्वाचन बहिष्कार गर्दै हिँडेको नेकपाले बम राखेको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । नेकपाका कार्यकर्तामाथि सुरक्षा संयन्त्रले विशेष निगरानी बढाएको छ । केही दिनअघि मात्रै नेकपा केन्द्रीय सचिवालय सदस्य विष्णुप्रसाद उपाध्यायलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

 

प्रकाशित : १३ असार २०७४, मंगलबार ००:००