१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

मुख्य खबर

बम बिस्फोटबाट ६ जना घाइते



नवलपरासी, ११ असार । सुनवल नगरपालिकामा आज अज्ञात समूहद्वारा गरिएको बम बिस्फोटमा परेर छ जना घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर छ ।

नेकपा (माओवादी केन्द्र)ले निकालेको ¥यालीलाई लक्षित गरेर पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनवलको कीर्तिपुरस्थित सोमनाथ पुलमा अज्ञात समूहले बम बिस्फोट गराएको हो । बम बिस्फोटबाट सुनवल नगरपालिका– १२ का ४५ वर्षीया बेलकुमारी कठरिया, सोही ठाउँका १४ वर्षीय श्रीकान्त केवट, ४६ वर्षीया फूलकुमारी कठरिया, ४४ वर्षीया मिना चौधरी, सुनवल– ११ का ५७ वर्षीय होमनारायण चौधरी र बर्दघाट नगरपालिकाका नरबहादुर विक घाइते भएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो ।

घाइतेको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । बम बिस्फोट गराउने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । आजै बिहान बर्दघाट नगरपालिकामा नेपाली काँग्रेसबाट नगरप्रमुखको उम्मेदवार विश्वप्रेम पाठक घर नजिकै बम फेला परेको थियो ।

प्रकाशित : ११ असार २०७४, आइतबार ००:००