१४ बैशाख २०८१, शुक्रबार । April 27, 2024

मुख्य खबर

ट्र्याक्टरले किचेर चालकको मृत्यु



राजविराज, ११ असार । सप्तरीको रुपनी गाउँपालिका–३ स्थित खेत जोत्ने क्रममा स१च ५२३० नंको ट्र्याक्टरले किचेर चालकको आज बिहान घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाका २० वर्षीय आनन्दकुमार साह रहेको प्रहरीले जनाएको छ ।

खेत जोत्ने क्रममा ट्र्याक्टर कुलोमा पल्टिएको थियो । सो क्रममा चालकको ट्र्याक्टरले च्यापेर मृत्यु भएको इप्रका कार्यालय, रुपनीले जनाएको छ । रासस

प्रकाशित : ११ असार २०७४, आइतबार ००:००