२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

मुख्य खबर

एमाले सलीबैको साझा पार्टी – अध्यक्ष ओ



विराटनगर, १० असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हिमाल, पहाड र तराईका जनताको साझा पार्टीका रुपमा एमाले रहेको बताउनुभएको छ ।

विराटनगरमा आज साँझ आयोजित बृहत् सभालाई सम्बोधन गर्दै उहाँले आफूलाई मधेसी, आदिवासी, जनजाति र मुस्लिमको विरोधीका रुपमा प्रचार गरिएकाले त्यस्ता भ्रममा नपर्न आग्रह गर्नुभयो ।

उहाँले ऐतिहासिक नगरी विराटनगरको आधुनिकीकरण गर्दै यस नगरमा कृषि, स्वास्थ्य र शिक्षाका क्षेत्रमा आवश्यक पूर्वाधार बनाउन र रोजगारको सिर्जना गर्न एमाले प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

आपूm प्रधानमन्त्री हुँदा मधेसको विकासका लागि व्यापक रुपमा बजेटको व्यवस्था गरेको स्मरण गराउँदै पूर्व प्रधानमन्त्री ओलीले गरिब परिवारका लागि आवास योजना कार्यक्रम ल्याएको जानकारी गराउनुभयो ।

विराटनगर महानगरपालिकाको निर्वाचनमा नेपाल लोकतान्त्रिक फोरमसँग गठबन्धन गरिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले प्रमुखको पदमा एमाले र उपप्रमुखमा फोरमका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले हिमाल, पहाड र मधेसलाई समृद्ध बनाउन आपूm सरकारमा गएको स्पष्ट पार्नुभयो ।

फोरमका अध्यक्षसमेत रहनुभएका उहाँले एमालेसँग गठबन्धनको सुरुवात भएको र भविष्यमा पनि गठबन्धन जारी रहने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा एमालेका पोलिटब्युरो सदस्य लालबाबु पण्डित, प्रमुख पदका उम्मेदवार विनोद ढकाल र उपप्रमुख पदका उम्मेदवार सूची चौधरीले विराटनगरको विकास र समृद्धिका लागि लागिपर्ने वचनबद्धता प्रकट गर्नुभएको थियो ।

प्रकाशित : १० असार २०७४, शनिबार ००:००