१९ बैशाख २०८१, बुधबार । May 2, 2024

मुख्य खबर

समृद्धि र विकासका क्षेत्रमा कायपलट गरिने



पाँचथर, ८ असार । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले स्थानीय निर्वाचनपछि समृद्धि र विकासका क्षेत्रमा कायपलट गरेर देखाउने पार्टीको नीति रहेको वताउनुभएको छ ।

हिलिहाङ गाउँपालिका–१ भालुचोकमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “खेर गइरहेका नदी तथा खोलाबाट बिजुली उत्पादन गरी निर्यात गर्न सकिन्छ, यसबाट मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पुग्नेछ ।” ऊर्जा, पर्यटन र कृषिको क्षेत्रबाट मुलुक बदल्न सकिने उहाँको भनाइ छ ।

कार्यक्रममा हिलिहाङ गाउँपालिका अध्यक्षका उम्मेदवार भुवानी लिङ्देन, एमाले काठमाडौँ–पाँचथर सम्पर्क मञ्चका पूर्वअध्यक्ष केशरबहादुर अधिकारी, नेत्री भूमिका नेम्वाङलगायतले बोल्नुभएको थियो ।

नेकपाका कार्यकर्ता पक्राउ
प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका पाँच कार्यकर्तालाई आज पक्राउ गरेको छ ।

विभिन्न स्थानमा चुनाव बिथोल्ने योजना बनाइरहेका बेला उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा ताप्लेजुङ साब्लाखुका मुस्कान लिम्बू, फाल्गुनन्द–५ का जितबहादुर चेम्जोङ, धनकुटा पाख्रिबास–३ का सङ्घर्ष परियार, फाल्गुनन्द–४ का विजय नेम्बाङ र फाल्गुनन्द–५ का कविराज चेम्जोङ छन् ।

प्रकाशित : ८ असार २०७४, बिहिबार ००:००