१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

तस्बिर

सहयोगीलाई धन्यबाद



DCIM100GOPROGOPR1921.JPG

पाँचथर, २६ जेठ । जिल्लाको पहिलो सगरमाथा आरोही शुसील शेर्माले आरोहणका लागि आफूलाई आर्थिक सहयोग गर्नेलाई धन्यबाद ब्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ पाँचथर शाखाको कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै शेर्माले सहयोग रकम संकलनकर्ता र सहयोगदाता सबैलाई धन्यबाद दिएका हुन् ।
शेर्मालाई सगरमाथा आरोहणका लागि जिल्ला समन्वय समितिको कार्यालय पाँचथर, शेर्मा सङजुम्भो काठमाण्डौं र विभिन्न प्रवाश शाखा, किरात याक्थुङ चुम्लुङ र चुम्लुङका विभिन्न प्रवाश शाखा, लिम्बू समुदायको पहिलो सगरमाथा आरोही जुनिता सम्बाहाम्फे लगायत देश तथा विदेशका विभिन्न संघ–संस्था र ब्यक्तिहरुले नौ लाख ८४ हजार आठ सय १३ रुपैंयाँ सहयोग गरेका थिए ।
पत्रकार सम्मेलनमा बोल्दै शेर्माले सबैको सहयोग र सुभेच्छाले आफूले सगरमाथाको चुचुरो चुम्न सफल भएको भन्दै सहयोग संकलनकर्ता र सहयोगदातालाई सधैं सम्झिरहने बताए । आरोहणको क्रममा जम्मा २४ लाख ४३ हजार पाँच सय रुपैंयाँ खर्च भएको शेर्माले बताए । जसमा पारिवारिक स्रोतबाट ११ लाख खर्च गरेको उनले बताए । त्यस्तै तीन लाख ९६ हजार एक सय ८७ रुपैंयाँ भने एजेन्सी अरुण टे«कलाई बुझाउँन बाँकि रहेको शेर्माले सुनाए ।
शैनिक जागिर छोडेर वि.सं. २०६६ सालदेखि हिमाल आरोहणको तयारी सुरु गर्नुभएका शेर्माले गत जेठ ६ गते बिहान ८ बजेर ५३ मिनेटमा आणविक भट्टी निशस्त्रीकरणको सन्देश दिँदै सगरमाथाको चुचुरो चुमेका थिए ।

प्रकाशित : २६ जेष्ठ २०७४, शुक्रबार ००:००