१ जेष्ठ २०७९, आइतबार । May 15, 2022

ग्लोबल

मनिला आक्रमणको आइएसद्वारा जिम्मेवारी



काएरो (इजिप्ट), १९ जेठ । इश्लामिक स्टेट (आइएस) जिहाद्धी समूहले मनिलामा अवस्थित उक जुवाघर (क्यासिनो)मा बिहीबार ३७ जनाको ज्यान जाने गरी भएको आक्रमणको जिम्मेवारी लिएको छ ।

उक्त समूहद्वारा सञ्चालित अमाक न्यूज एजेन्सीले आइएस समूहका एक लडाकूको प्रत्यक्ष संलग्नतामा फिलिपिन्सको उक्त होटेलमा आक्रमण भएको जनाएको छ ।

उक्त समाचार संस्थाले यस पहिलो एक वेवसाइटमार्फत लिएको दावीलाई पुष्टी गर्दै उक्त साइट आफ्नो भएको आइएसले बताएको जनाइएको छ ।

प्रकाशित : १९ जेष्ठ २०७४, शुक्रबार ००:००