१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

मुख्य खबर

बाजुराको कोल्टीमा सेनाको विमान दुर्घटना हुदाँ पाईलटको मृत्यु, दुई घाइते



काठमाडौं १६ जेठ । बाजुराको कोल्टीमा नेपाली सेनाको विमान दुर्घटना हुदा पाइलटको मृत्यु भएको छ । विमानमा सवार

दुई घाइते भएका छन् ।

सुर्खेतबाट सिमिकोटको लागि उडेको एन ए ४८ स्काई प्लग जहाज सिमिकोटमा हावाको बहाव बढी भएपछि बाजुरा डाइभर्ट गरिएको थियो । कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर खेतमा पुगेको छ । दुर्घटना लगतै विमानमा आगो लागेको थियो । विमानस्थल नजिकै रहेको नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको छ । विमान भए मध्ये पाइलट महासेनानी कैलाश गुरुङको निधन भएको छ । सहचालक सुवेदार पूर्णबहादुर खड्का र परिचारिका अनिता आले घाइते छन्। उनीहरुलाई थप उपचारको लागि नेपालगन्ज लगिएको छ ।

प्रकाशित : १६ जेष्ठ २०७४, मंगलबार ००:००