१३ बैशाख २०८१, बिहिबार । April 26, 2024

ग्लोबल

मसाचुसेटमा भब्य साकेला



वोस्टनमा साकेला
अमेरिकामा रहेका किरातीहरुको ब्यापक उपस्थितिमा साकेला उभौली ५०७७ उल्लासमय मनाएका छन् ।
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका मासाचुसेट राज्य च्याप्टरको आयोजनामा आईतवार कार्यक्रम भएको थियो । बोस्टर्न शहरमा भएको कार्यक्रममा न्ययोर्क स्थित नेपाली माहाबाणिज्यदुत कृसु क्षेत्री, अर्गनाईजेसनका संस्थापक अध्यक्ष शिवकुमार राई, सेन्ट्रल कमिटि अध्यक्ष विष्णु राई, उपाध्यक्ष मुना राई, पुर्व अध्यक्ष मिलन राई, प्रभाकर राई, सामाजिक अगुवा विष्णुमाया परियार, एनआरएन न्युयोर्क च्याप्टर प्रेसिडेनका प्रत्यासी तथा अर्गनाईजेसनका न्युयोर्क अध्यक्ष केशवराम राई, सुरेस चाम्लिङ, लगायतले शुभकामना मन्तब्य दिएका थिए । साकेला कार्यक्रममा साकेला सिली प्रदशएनका साथै, न्युयोर्ककी नव कलाकार बसन्ती राईबाट आकर्सक गीत तथा नृत्य प्रस्तुत गरेकी थिईन् । त्यसैगरी अन्य कलाकारहरुबाट समेत गीत गाएका थिए । पाँचसयको जती किराती तथा गैर किरातीको उपस्थिति रहेको कार्यक्रममा न्युयोर्क र न्युहिम्सार बाट उल्लेख्य मात्रामा उपस्थिति थियो । क्यालिफोर्निया, भर्जिनिया, मेरिल्याण्ड, कनेक्टिका, पेन्सिलभेनिया, भर्मोन मिचिगन लगायतबाट समेत सहभागिता थियो ।
औपचारिक कार्यक्रम हुनु अघि नछुङद्वारा विधिवत साकेला पुजा समेत गरेका थिए । आयोजक च्याप्टरका सचिव कर्णबहादुर राईले सन्चालन गरेको कार्यक्रमको सभापतित्व आयोजक समितिका अध्यक्ष मुक्ती राईले गरेका थिए । अघल्लोदिन केन्द्रीय समितिको बैठक केन्द्रीय अध्यक्ष विष्णु राईको अध्यक्षतामा भएको थियो । बैठक सकिएपछि अमेरिकामा रहेर विभिन्न क्षेत्रमा प्रगती गर्ने किराती ब्याक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित : १६ जेष्ठ २०७४, मंगलबार ००:००