२० बैशाख २०८१, बिहिबार । May 2, 2024

मुख्य खबर

मनाङको चामेमा एमालेका घले विजयी



मनाङ, १, जेष्ठ, हिमाली जिल्ला मनाङको चामे गाउँपालिका प्रमुखमा एमालेका लोकेन्द्रबहादुर घले बिजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी अनिता लामालाई ४१ मत अन्तरले हराउँदै एमालेका घले विजयी भएका हुन् । मतगणना आइतबार राती सकिएपनि निर्वाचन अधिकृतको कार्यालयले भने औपचारिक घोषणा गरेको छैन । घलेले २१४ मत पाए भने लामाले १७३ मत प्राप्त गरिन् । उपाध्यक्षमा कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी भएका छन् । उनले १६९ मत प्राप्त गरे भने एमालेकी टिकनदेवी गुरुङले १६० मत प्राप्त गरिन् । कूल ५११ मतदाता रहेको चामे गाउँपालिकामा ३९६ मत खसेको थियो ।

प्रकाशित : १ जेष्ठ २०७४, सोमबार ००:००