२३ बैशाख २०८१, आइतबार । May 5, 2024

अर्थ

निर्वाचन प्रचार सामग्री बनाउन व्यवसायीलाई चटारो



काठमाडौँ, २५ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको प्रचारसामग्री बनाउन बागबजारका व्यवसायीलाई चटारो भएको छ ।
निर्वाचन आउन करिब एक हप्तामात्र बाँकी रहँदा उनीहरुलाई राजनीतिक दलको झन्डा, उम्मेदवारको नाम र फोटो अङ्कित टिसर्ट, टोपी, फ्याक्स बोर्ड बनाउन चटारो रहेको छ ।
बागबजारका आर्ट सेन्टर, स्क्रिन सेन्टरमा व्यवसायीहरुले रातदिन लगाएर निर्वाचन सामग्री बनाउन लागिपरेका छन् ।
बागबजारका सक्सेस आर्टका सञ्चालक रक्त खड्गीले एक हप्तादेखि निर्वाचनसम्बन्धी सामग्री बनाइरहेको बताउनुभयो । उहाँले अहिले परिवारका अन्य सदस्यसहित २० जनाले झन्डा, टिसर्ट र टोपी बनाइरहेको जानकारी दिए ।
“एक हप्तादेखि कामको चाप बढेको छ । राति ११ बजेसम्म सामग्री बनाउँछौँ” – उनले भने । अहिलेसम्म ५० हजार झन्डा, २० हजार टिसर्ट बनाइसकेका जानकारी दिए ।
यस्तै बागबजारकै निवेश आर्टका सञ्चालक श्याम रञ्जीतकारले दैनिक दुई÷तीन सय झन्डा बनाउने गरेको बताउनुभयो । उहाँले सबै पार्टीहरु झन्डा, टिसर्ट, टोपी र फ्लेक्स बनाउन आउने गरेको बताए ।
एउटा झन्डाको रु २५ देखि ११०, टिसर्टको २५०, टोपीको रु ५० देखि २५० मूल्य पर्ने गरेको छ ।

प्रकाशित : २५ बैशाख २०७४, सोमबार ००:००