१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

मुख्य खबर

महाभियोगको संविधान सम्मत निष्कर्ष निकालिने छ : नेपाली कांग्रेस




ललितपुर,बैशाख २५ । नेपाली कांग्रेसले संसदमा विचाराधिन प्रधानन्यायाधीश शुशीला कार्की विरुद्धको महाभियोगको बारेमा पहिलो चरणको निर्वाचन पछि संविधानसम्मत ढंगले निष्कर्ष निकालिने बताएको छ ।
नेपाली कांग्रेस स्थानीय तह निर्वाचन २०७४ केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिद्वारा सोमबार अपरान्ह केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसमितिका संयोजक एवम् पार्टीका केन्द्रीय सदस्य रमेश लेखकले सो कुरा बताउनु भएको हो ।
“अहिले हाम्रो सम्पूर्ण ध्यान र बल निर्वाचनमा केन्द्रित छ” उहाँले भन्नुभयो,“ निर्वाचन पछि छलफल गरी संविधानसम्मत ढंगले निष्कर्षमा पुग्नेछौ ।”
नेपाली कांग्रेस सबैभन्दा बढी विधिको शासनमा विश्वास राजनीतिक दल भएको दाबी गर्दै उहाँले भन्नुभयो “नेपाली कांग्रेस विधिको शासनमा विश्वास गर्ने मात्र हैन विधिको शासनको स्थापना गर्न जन्मदेखि हालसम्म लागेको पार्टी हो ।”
“केही समय यता सर्वोच्चका फैसला र आदेशले कार्यपालिका र व्यवस्थापिकाको क्षेत्राधिकारमा हस्तक्षेप भएको हामीले महशूस गरेका छौ” प्रधान न्यायाधीश विरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु पर्ने कारणबारे उल्लेख गर्दै केन्द्रीय सदस्य लेखकले भन्नुभयो,“ न्यायापालिकालाई स्वतन्त्र,निष्पक्ष,स्वतन्त्र र मर्यादित बनाउन नै महाभियोगको प्रस्ताव ल्याउन परेको हो ।” उहाँले कार्यपालिका,व्यवस्थापिका र न्यायपालिका आ–आफ्नो क्षेत्राधिकार र सीमामा रहदा नै विधिको शासन रहने स्पष्ट पार्नुभयो ।

प्रकाशित : २५ बैशाख २०७४, सोमबार ००:००