२० बैशाख २०८१, बिहिबार । May 2, 2024

मुख्य खबर

नारायणी उपक्षेत्रीय अस्पतालमा किलिया सेवा



पर्सा, २२ वैशाख । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा आजदेखि ‘किलिया एनलाइजर’ सेवा सुरु भएको छ ।
उपक्षेत्रीय अस्पताल विकास समितिले रु ४० लाखको लागतमा केमो लिमिनिसनस इमोनोएसे मेसिन जडान गरेपछि अस्पतालले किलिया सेवा सुरु गरेको हो ।
प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले आज सो सेवाको शुभारम्भ गर्नुभयो । प्रयोगशालामा जडान गरिएकोसो उपकरणका माद्यमले नसर्ने रोग परीक्षण गरी बिरामीलाई रोग लाग्नु अघि नै रोगका बारेमा जानकारी दिन सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चितरङ्जन साहले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयको विषेश पहलमा सो मेसिन जडान गरिएको हो । उच्च रक्तचाप, हाइपरटेन्सन, क्यान्सरलगायत रोगबारे किलिया विधिबाट बिरामीको रगत परीक्षण गरी पत्ता लगाउन सकिने साहले बताउनुभयो । अस्पतालले प्रारम्भ गरेको उक्त सेवाबाट बाझोपन, थाइराइड, हार्मोन, ट्युमरलगायत एक सय २० प्रकृतिका रोगको परीक्षण गर्न सकिने छ ।
“अब यहाँका बिरामीले उपचारका लागि जिल्ला बाहिर जानु पर्ने बाध्यता हटेको छ,” अस्पतालका प्रयोगशाला प्रमुख श्रवणकुमार मिश्रले भने ।

प्रकाशित : २२ बैशाख २०७४, शुक्रबार ००:००