२० बैशाख २०८१, बिहिबार । May 2, 2024

मुख्य खबर

के के हुनेछ कांग्रेसको इ चौतारीमा ?



नेपाली कांग्रेसको नेतृत्वमा रहने प्रत्येक गाउँ/नगरपालिकामा अत्याधुनिक “इ–चौतारी” को स्थापना हुने भएको छ । नेपाली कांग्रेसले स्थानीय निकायहरुलाई छिटो–छरितो र जनमैत्री प्रशासनद्धारा सुसज्जित गर्ने परिकल्पना अनुसार पार्टीले हालै सार्वजनिक गरेको स्थानीय तह निर्वाचन २०७४ को घोषणापत्रमार्फत सो परिकल्पना सार्वजनिक गरेको हो । “इ–चौतारी” को माध्यमबाट मौसम, बाली र प्रविधि प्रयोग जस्ता कृषि सम्वन्धि सूचना, बजार–मूल्य लगायत अन्य सूचनाहरु आधुनिक प्रविधिको प्रयोग मार्फत जनता समक्ष पु¥याउने व्यवस्था गरिने बताएको छ । हरेक गाउँ र नगरमा पारदर्शितालाई प्रोत्साहित गर्न ओपन डाटाको लोकतान्त्रिक संस्कार विकसित गरिनेछ ।

प्रकाशित : १५ बैशाख २०७४, शुक्रबार ००:००