१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

मुख्य खबर

भूकम्पमा परी ज्यान गुमाउनेको सम्झनामा वृक्षरोपण



काठमाडौँ, १२ वैशाख । गोरखा भूकम्पमा परी ज्यान गुमाउनेको सम्झनामा काठमाडौँ महानगरपालिकाले आज भद्रकालीदेखि सिंहदरबारसम्म वृक्षरोपण गरेको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पमा परी ज्यान गुमाउनेहरुको आत्माको शान्तिका लागि बिरुवा रोपिएको हो । दुई वर्षअघि भूकम्प गएकै समयमा आज बिरुवा रोप्दै कामपाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले धरहरामा परी ५७ जनाले ज्यान गुमाएकाको स्मरण गर्दै भद्रकालीदेखि सिंहदरबारसम्मको क्षेत्रमा ५७ बिरुवा रोपिएको बताए ।
आगामी दिनमा मृतकको सम्झनामा विभिन्न स्थानमा उद्यान निर्माण गरिने पनि बताइएको छ । रोपिएका सबै बिरुवामा मृत्यु हुने व्यक्तिको नाम पनि लेखिनेछ ।

उक्त भूकम्पका कारण करिब नौ हजारले ज्यान गुमाएका थिए । भूकम्प र त्यसपछिका परकम्पमा परी काठमाडौँ महानगरपालिकाबाट नै कम्तीमा सात सयले ज्यान गुमाउनुपरेको थियो ।

प्रकाशित : १२ बैशाख २०७४, मंगलबार ००:००