२० बैशाख २०८१, बिहिबार । May 2, 2024

तस्बिर

डीआईजी नवराज सिलवाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश



काठमाडौं ११ वैशाख, । सर्वोच्च अदालतले डीआईजी नवराज सिलवाललाई अदालतमा उपस्थित गराएर आजै थुनामुक्त गर्न आदेश दिएको छ ।
आफूलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै डीआईजी सिलवालको तर्फबाट अधिवक्ता पूर्णप्रसाद राजवंशीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।


प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले सिलवाललाई सर्वोच्चका रजिष्ट्रार र वरिष्ठ अधिवक्ता शम्भु थापाको रोहबरमा आजै रिहा गर्न आदेश दिएको छ । सिलवाललाई प्रहरीले आजै सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।
प्रहरी महानिरीक्षकसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दामा कार्यसम्पादन मूल्याङ्कन कीर्ते गरेको र प्रहरी महानिरीक्षकले बोलाएको बैठक बहिष्कार गरेको सम्बन्धमा सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : ११ बैशाख २०७४, सोमबार ००:००