१९ बैशाख २०८१, बुधबार । May 1, 2024

मुख्य खबर

पटक पटक बलात्कार गर्ने बाबुविरुद्ध उजुरी



फिदिम । पाँचथरमा फाल्गुनन्द गाँउपालिकामा आफ्नी १४ वर्षीया छोरीलाई पटक पटक बलत्कार गरेको आरोपमा ४१ वर्षिया आफ्नै बाबु विरुद्ध उजुरी दिएकी छिन् ।
पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गर्ने गरेको र पछिल्लो पटक वैशाख २ गते बलात्कार गरेको भन्दै पीडित बालिकाले प्रहरीमा उजुरी दिएकी थिइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ३ गते जिल्ला अस्पताल पाँचथरमा गरिएको प्रहरीले जनाएको छ । पीडितका आफन्तले दिएको सूचनाका आधारमा आरोपितलाई वैशाख ४ गते गिरफ्तार गरिएको पनि डिएसपी पोख्रेलले बताए ।
जिल्ला प्रहरी कार्यालयले उनी विरुद्ध ‘हाडनाता करणी’ सम्बन्धी उजुरी दर्ता गरेको छ । पीडितले वैशाख ४ गते दिएको उजुरी ५ गते पक्राउ गरी करणी सम्बन्धि मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नकुल पोख्रेलले जानकारी दिए ।
स्थानिय विद्यालयको कक्षा ८ मा अध्ययनरत बालिकाकी आमा विगतबाट वैदेशिक रोजगारीको शिलशिलामा छिन् ।

प्रकाशित : ११ बैशाख २०७४, सोमबार ००:००