१२ बैशाख २०८१, बुधबार । April 24, 2024

मुख्य खबर

नुवाकोटमा मतगणना जारी,नगरपालिकामा एमाले अगाडि



त्रिशूली ९ नुवाकोट०, १ जेठ । नुवाकोटमा दुई स्थानमा मतगणना जारी रहेको छ भने अन्य स्थानमा तयारी भइरहेको छ ।

विदुर नगरपालिकाको वडा नं १ को मतगणना जारी छ । २८७ मत गनिएकोमा नेकपा ९एमाले०का प्रमुखका उम्मेदवार सन्जु पण्डितले १५०, नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार धु्रव अधिकारीले १०७ मत ल्याउनुभएको छ । नेकपा ९माओवादी केन्द्र०मा प्रमुखका उम्मेदवार लिलानाथ न्यौपानेले १४ मत ल्याउनुभएको छ ।
त्यसैगरी नुवाकोटको तादी गाउँपालिकामा नेपाली काँग्रेस अगाडि देखिएको छ । अहिलेसम्म ८२३ मत गनिएकोमा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार नारायणप्रसाद पाण्डेले ३४८, नेकपा ९एमाले०का अध्यक्षका उम्मेदवार केपी लामिछानेले २८५ र नेकपा ९माओवादी केन्द्र०का अध्यक्षका उम्मेदवार मानसिंह तामाङले १५४ मत प्राप्त गर्नु भएको छ । रासस

प्रकाशित : १ जेष्ठ २०७४, सोमबार ००:००