३ जेष्ठ २०८१, बिहिबार । May 17, 2024

प्रोफाइल

गणेशकुमार काम्वाङ



गणेशकुमार काम्वाङ

प्रदेश सभा ‘क’ उम्मेदवार, वाम गठबन्धन, पाँचथर

गणेशकुमार काम्बाङ निर्वर्तमान संविधानसभामा सदस्य तथा नेकपा एमालेका सल्लाहकार परिषद सदस्य हुन । उनी दोस्रो संविभनसभा निर्वाचनमा पाँचथर क्षेत्र न.ं १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । धैर्यता र इमानदारीताको प्रतिकका रुपमा लिइन्ने काम्बाङको सरल जीवन उच्च विचार धेरैका लागि रोलमोडेल बन्न सक्छ । संसदीय र अराजक गुटको राजनीतिले क्षतविक्षत यो समयमा कोही इमान्दार कम्यूष्टि छ भने त्यो पाँचथरको गणेश काम्बाङ हो भनेर एमाले हेड्क्वाटरमा समेत चर्चा हुने गर्छ । धेर्यता, इमान्दारीता र उत्कृष्ट जिल्ला संगठन चलाएको भन्दै केहि बर्ष अगाडी उनी जिल्ला नेतृत्वमा रहँदा नेकमा एमाले केन्द्रीय कमिटिले पुरस्कार समेत प्रधान गरेको थियो ।
गणेश कुमार काम्बाङकोृ जन्म वि.स.२०१० बैसाख २० गते भएको हो । बुवा लालबहादुर काम्बाङ र आमा लाखमोती काम्बाङको कोखबाट नागी १ मा जन्मिएका उनी भारत गई प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन् । थर्पू निमाविमा उनीले १७ बर्ष शिक्षण गरे । पाँचथरको पुराना मध्येका एक कम्यूनिष्ट नेता गणेशकुमार काम्बाङ २०३३ सालदेखि कम्यूनिष्ट राजनीतिमा सक्रिय छन् । जिल्लामा लामो समय पार्टी नेतृत्व सम्हालेका काम्बाङ नेकपा एमालेका पूर्व केन्द्रिय सदस्य समेत हुन । पहिलो संविधानसभामा सबै भन्दा कम मत अन्तरमा पराजित भएर उनी देशभर चर्चित बनेका थिए । संविधानसभा सदस्य रहिसकेका काम्बाङ संविधान निर्माण पछि पहिलो पटक प्रदेश संरचना र प्रदेशसभाको निर्वाचन हुन गईरहेकाले प्रदेश रोजेको बताउँछन् । उनको मुख्य प्रतिस्पर्धा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नरेन्द्र केरुङसंग हुने छ ।

प्रकाशित : १ मंसिर २०७४, शुक्रबार ००:००