१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

Breaking

कर्णाली नदीमा बेपत्ता चार जनाको शव भेटियो, अझै एकजना बेपत्ता



काठमाडौं २५ फागुन। कर्णाली नदीमा बेपत्ता भएका एकै परिवारका पाँचजनामध्ये ४ जनाको शव भेटिया अझै एकजनाको शव अझै भेटिएको छैन ।

दैलेख आठबीस नगरपालिकाकी ३५ वर्षीया सुकी बडुवाल र उनका छोरा १० वर्षीया ललितको शव भेटिएको छ । तीन छोरी र एक छोरासहित कर्णालीमा बेपत्ता भएकी थिइन ।

आमाछोराको शव अछामको पञ्चदेवल विनायक नगरपालिका ४ स्थित कर्णाली नदीमा मंगलबार फेला परेको हो । १६ वर्षीया छोरी कल्पना र १२ वर्षीया छोरी सरिता बडुवालको शव सोमबार नै फेला परेको थियो । ५ वर्षीया छोरी रजनी बडुवालको अवस्था भने अझै अज्ञात छ ।

प्रकाशित : २५ फाल्गुन २०७७, मंगलबार ००:००