५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

समाचार

सर्वोच्च अदालत विदा हुँदा नेकपा नाम विवाद फैसला पछि सर्यो



काठमाडौं । सर्वोच्च अदालत आज विदा भएकाले नेकपा नामको विवादमा फैसला आउने मिति पछि सरेको छ ।

पूर्वन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएको शोकमा आज एक दिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत र विशेष अदालत लगायत बन्द छन् ।

यहि कारण सर्वोच्च अदालतले नेकपा नामको विवादमा निर्णय सुनाउने मिति पछि सरेको हो ।

प्रकाशित : २० फाल्गुन २०७७, बिहिबार ००:००