६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

समाचार

पम्फा भुसालको प्रधानमन्त्रीलाइ गलत्याएर निकालिने चेतावनी



काठमाडौं। नेकपाको प्रचण्ड समूहकी स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रतिनिधिसभा पुनस्र्थापना भएकोले प्रधानमन्त्री केपी शर्मा ओलीले यथाशीघ्र प्रधानमन्त्री पद खाली गर्नुपर्ने बताएकी छिन्। नभए १३ दिनभित्र संसद् बैठक बसेपछि गल हत्याएर निकालिने चेतावनी दिइन्।

प्रतिनिधिसभा पुनस्र्थापनापछि काठमाडौंमा आज निकालिएको विजय जुलुसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले जनताबीच क्षमा याचना पनि प्रधानमन्त्री ओलीले गर्नुपर्ने बताइन्। “उहाँले असंवैधानिक र अलोकतान्त्रिक रूपमा जसरी संसद् विघटन गर्नुभयो तर, सर्वोच्च अदालतले असंवैधानिक भन्दै संसद् पुनस्र्थापना गरिदिएको छ”, उनले भनिन्, “अब, उहाँले यथाशीघ्र खोली गर्नुपर्छ, होइन भने १३ दिनभित्र बस्ने संसद बैठकबाट गल हत्याएर निकालिनेछ र उहाँले पशुपतिमा गएर होइन जनताबीच क्षमा याचना गर्नुपर्छ।” नेतृ भुसालले सर्वोच्च अदादलतको संवैधानिक इजलासबाट संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र जनअधिकारको रक्षा हुने गरी फैसला आएको बताइन्।

विचलित नभई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको इजलासले गरेको फैसलाले जनताप्रति ठूलो गुन लगाएको पनि उनको भनाइ छ। उनले जबरासहितका न्यायाधीशहरू, नागरिक समाज, प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा होमिएका राजनीतिक दल र जनतालाई धन्यवाद ज्ञापन गरिन्। अब, नेपाली जनताको क्रान्तिकारी कम्युनिस्ट पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्वको नेकपालाई बनाउने र समाजवादसम्मको यात्रालाई अगाडि बढाइने बताएकी छिन्।

प्रकाशित : १२ फाल्गुन २०७७, बुधबार ००:००