३० बैशाख २०८१, आइतबार । May 12, 2024

Uncategorized

फरुवा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ



काठमाडौँ ११ फागुन ।आफ्नै श्रीमान २९ वर्षीय ओम बहादुर चौधरीको फरुवा प्रहार गरी हत्या गरेको अभियोगमा बेलौरी नगरपालिका ६ भुराकोट बस्ने २७ वर्षीया बसन्ती चौधरीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बसन्तीले फरुवा प्रहार गरी आफ्नै घरमा श्रीमानलाई मारेको भनी आफै जानकारी गराए पश्चात ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका २ पशुपति टोल बस्ने ७६ वर्षीय प्रेम थापाको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा उनकै बुहारी ३५ वर्षीया सीता थापा र १८ वर्षीय किशोर रहेका छन् ।

उनीहरुले घरायसी बिबादका कारण गत माघ २८ गते साँझ प्रेमलाई कुटपिट गरी कसैलाई जानकारी नगराई उपचारको लागि महाकाली अस्पताल ल्याई उपचार पश्चात घर लगेकोमा पुन ः स्वास्थ्यमा समस्या आएपछि महाकाली अस्पताल ल्याएकोमा उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरु दुवै जनालाई पक्राउ गरेको हो ।

प्रकाशित : ११ फाल्गुन २०७७, मंगलबार ००:००