३ जेष्ठ २०८१, बिहिबार । May 16, 2024

मनोरञ्जन

‘अर्जुन रेड्डी’को नेपाली रिमेकका लागि लिड कलाकारको खोजी निर्माणपक्ष



काठमाडौँ १० फागुन ।  दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’लाइ अत्याधिक दर्शकले रुचाए । चलचित्रको हिन्दी रिमेक ‘कविर सिंह’ले पनि बक्स अफिसमा धुम मच्चाएको थियो ।

यो चलचित्रको नेपाली रिमेकका लागि लागि कहिले नायक हरिहर अधिकारी त कहिले नायक आर्यन सिग्देलको नाम अगाडी आइरहेको छ । तर, दुबै जना नायक चलचित्रमा नहुने पक्का जस्तै देखिएको छ । किनकी, यो चलचित्रका लागि लिड कलाकारको खोजी निर्माणपक्षले गरेको छ ।

कुनै पनि दक्षिण भारतीय चलचित्रको अधिकार नै लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली चलचित्र हो । चलचित्रलाई केशव खड्का र आशिष श्रेष्ठले निर्माण गर्दैछन् ।

प्रकाशित : १० फाल्गुन २०७७, सोमबार ००:००