५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

समाचार

विश्वको प्रभावशाली १०० महिलाको सूचीमा परेकी सपनाले प्रहरीमा विनय विरुद्ध उजुरी


२ फाल्गुन २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ २ फागुन । विश्वको प्रभावशाली १०० महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार भएको भन्दै विनयजंग बस्नेत विरु प्रहरीमा उजुरी दिएकी छिन् । साथै सपनाले आज नै गृहमन्त्री रामबहादुर थापा बादललाई भेटि आफ्नो सुरक्षाको माग समेत गरेकी छिन् ।

सपनाले गृहमन्त्रीलाई भेटेको तस्वीर सामाजिक संचालमा चर्चा कमाइरहेको छ ।
विनयजंग बस्नेतले सपनाले पैशा हिनामिना गरेको आरोप लाइरहदा सपनाले भने विनयले आफुलाई ज्यान मार्ने धम्की दिएको र शोषण गरेको आरोप लगाएकी छिन् । यस विषयमा अनुसन्धान भइरहेको काठमाडौँ प्रहरीले जनाएको छ

सपनाले विनयजङ्ग बस्नेतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी हुन् ।

सपनाले बस्नेतविरुद्ध आइतवार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएको प्रहरीले जनाएको छ ।

साथै उजुरी दर्ता भैसकेको र बस्नेतलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

बेवारिसे शव जलाउने सपनालाई बीबीसीले यस वर्ष विश्वको १०० प्रभावशाली महिलाको सूचीमा राखेको थियो । त्यस्तै उनीसँगै शव जलाउने बस्नेत र सपना एक अर्कालाई बाबुछोरीका रुपमा चिनाउँदै आएका थिए ।

प्रकाशित : २ फाल्गुन २०७७, आइतबार ००:००