२२ बैशाख २०८१, शनिबार । May 5, 2024

Uncategorized

झापामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


२० माघ २०७७, मंगलबार ००:००

0
Shares


काठमाडौं, २० माघ । बसको ठक्करबाट झापामा एक जना पैदलयात्रीको मृत्यु भएको छ। मागी खाने ३२ वर्षीय सागर मिश्रको मृत्यु भएको हो।

ना ६ घ १५२० नम्बरको बसले उनलाई बिर्तामोडको पश्चिम बस स्टेशनमा बाटो काट्ने क्रममा ठक्कर दिएको हो। ठक्कर दिने बस पूर्वबाट पश्चिमतर्फ जाँदै थियो। बसले ठक्कर दिएपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि विर्तासिटी हस्पिटल पु¥याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता तथा डीएसपी राकेश थापाले मृतक मिश्र विर्तामोड नगरपालिका वडा नम्बर – ६ बुट्टाबारीको रहेको बताए।
घटनापछि प्रहरीले चालक र बसलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित : २० माघ २०७७, मंगलबार ००:००