२ जेष्ठ २०८१, बुधबार । May 16, 2024

समाचार

छोरीलाई बलात्कार गरेको आरोपमा ३८ वर्षीय पुरुष पक्राउ


२० माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौँ २० माघ । आफ्नै पाँच वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा सप्तरीका ३८ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका आरोपितले आफ्नै घरकोठामा गत शुक्रबार नाबालिका छोरीलाई बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय, सप्तरीमा आइतबार उजुरी दिएको आधारमा अभियुक्तलाई नियन्त्रणमा प्रहरीले जनाएको छ ।

कानूनबमोजिम कारवाही गर्न माग भएपछि पीडितको गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिएका छन् ।
आइतबार स्वास्थ्य परीक्षणपछि उजूरी दर्ता गरेर आरोपितलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित : २० माघ २०७७, मंगलबार ००:००