३ जेष्ठ २०८१, बिहिबार । May 16, 2024

समाचार

म्यानमारको घटनाको विषयमा जनमोर्चाको कडा आपत्ती


२० माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौँ २० माघ । म्यानमारमा सेनाले गरेको कु को विषयमा जनमोर्चाले आपत्ती जनाएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सेनाको उक्त कदमले म्यानमारका जनताको अधिकार र राजनीतिक स्वतन्त्रता खोसिएको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्र कुण्ठित भएको छ ।

प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीसहित कैयन नेता र राजनीतिक कार्यकर्ताहरुलाई गिरफ्तार गरिएको छ ।

हामीले त्यहाँको जननिर्वाचित सरकारको पुनर्वहाली, जनताको प्रजातान्त्रिक अधिकारहरुसहित लोकतन्त्रको पुनर्स्थापना तथा गिरफ्तार राजनीतिक नेता तथा कार्यकर्ताहरुको रिहाइको माग गर्दछौं ।’

प्रकाशित : २० माघ २०७७, मंगलबार ००:००