१२ बैशाख २०८१, बुधबार । April 24, 2024

समाचार

नेपाली प्रतिभा प्रतिष्ठानद्वारा साहित्यकार डा राजेन्द्र विमल र युवाकवि विमला तुम्खेवा पुरस्कृत



काठमाडौँ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यसवर्षको ‘प्रतिभा सम्मान २०२०’ वरिष्ठ साहित्यकार तथा भाषा संस्कृतिविद् डा राजेन्द्र विमल (जनकपुर) लाई प्रदान गरेको छ । नेपाली भाषा, साहित्यको विकास प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएबापत विमललाई नगद रु ५० हजार र सम्मान–पत्रसहित सम्मान गरिएको हो । त्यस्तै नगद रु एक लाख राशिको ‘प्रतिभा पुरस्कार–२०२०’ युवाकवि विमला लुम्खेवा (तेह्रथुम) लाई प्रदान गरिएको छ ।


ती दुबै पुरस्कार प्रतिष्ठानद्वारा शनिबार यहाँ आयोजित ‘प्रतिभा सम्मान तथा पुरस्कार समर्पण समारोह’ मा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ताम्रपत्र र नगदराशिको सम्मान थैली सम्मानीत स्रष्टालाई प्रदान गर्नुभयो । युवाकवि तुम्खेवा खासगरी युवापुस्ताको समसामयिक विषयवस्तुमाथि सटिक ढङ्गले साहित्यको माध्यमबाट उजागर गर्दै आउनुभएको छ । प्रखर लेखन क्षमता राख्ने तुम्बेवा महिला अधिकार सशत्तीकरणका निम्ति क्रीयाशिलका साथै पत्रकारिता तथा आख्यान लेखनमासमेत सक्रिय हुनुहुन्छ । उहाँका विभिन्न कवितासङ्ग्रह प्रकाशित छन् ।
मधेशी मुलको भएर पनि नेपाली भाषा र साहित्यको विकास र प्रवद्र्धनमा डा विमलले महत्वपूर्ण भूमिका खेल्नुभएको छ । नेपाली भाषाका साथै मैथिली भाषामा दक्खल राख्ने उहाँका एक दर्जन बढी कृतिहरु प्रकाशित छन् । लामोसमय विश्वविद्यालयमा नेपाली भाषाको प्राध्यापन गर्नुभएका डा विमल सरल र शालिन व्यक्तित्वका धनिका साथै यथार्थवादी, सन्देशमूलक कथाकारको रुपमा पनि आफ्नो परिचय बनाउनुभएको छ ।
सो अवसरमा प्रतिभा सम्मान तथा पुरस्कार अर्पण गर्दै प्रज्ञा–प्रतिष्ठानका कुलपति उप्रेतीले दुई पुस्ताका सर्जक विमल र तुम्खेवासहित भाषा, कला र साहित्यका विभिन्न स्रष्टालाई सम्मान गरेर प्रतिष्ठानले नेपाली बाङ्मयको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । संस्थाले सम्मानका अलावा स्वदेश तथा विदेशका स्रष्टाको कृति प्रकाशनका साथै नेपाली भाषा र साहित्यको प्रवद्र्धनमा समेत उल्लेय भूमिका निर्बाह गरेकामा संस्थाको सराहना गर्दै यस्ता गतिविधिले साहित्य क्षेत्रमा नयाँ ऊर्जा र उत्साह पैदा हुने विश्वास व्यक्त गर्नुभयो ।

बहुलताबीचको एकताको प्रवद्र्धन, बिखण्डित नेपालको पक्षमा लागेर साहित्य सिर्जनामा लागेका डा विमल तथा युवा पुस्ताको सवाललाई साहित्य मार्फत उजागर गर्ने कवि तुम्खेवाको सम्मानले साहित्य क्षेत्रमा थप उत्साह प्रदान गरेको उहाँको भनाई थियो । कुलपति उप्रेतीले कोभिड–१९ महामारीको चुनौतिकाबीच पनि साहित्य सिर्जनामा सर्जक सक्रिय रहेको धेरै कृतिहरु प्रकाशोन्मुख रहेको जानकारी दिनुभयो ।


भर्चुअल माध्यमबाट मन्तब्य राख्दै प्राज्ञ–प्रतिष्ठानका पूर्व कुलपति तिल विक्रम नेम्वाङ९ बैरागी काँइलाले कोभिड–१९ महामारीको असहज परिस्थितिमा पनि साहित्य सिर्जनाले नेपाली भावनालाई एकताको शुत्रमा बाधेको उल्लेख गर्नुभयो ।
भर्चुअलबाटै पुरस्कृत व्यक्तित्व डा विमलले नेपाली जहाँ जुन देशमा रहेपनि भूगोलले छेक्दैन भावनात्मक एकता प्रगाढ छ भन्ने सन्देश दिन पनि प्रतिष्ठानको सम्मानले जिम्मेवारी थपेको धारणा राख्नुभयो


कथाकार गोपाल अश्कले नेपाली भाषा र मैथिलि भाषाको प्रवद्र्धनमा डा विमलको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । पत्रकार यशोदा तिमिल्सिनाले युवा पुस्ताको अब्बल प्रतिभा तुम्खेवाको लेखनयत्रालाई अझ सशक्त बनाएर लैजान सुझाव दिनुभयो । पुरस्कृत व्यक्तित्व तुम्खेवाले प्रतिष्ठानको पुरस्कारले साहित्य सिर्जनामा थप उत्साह र जिम्मेवारी थपिएको बताउनुभयो ।
प्रतिष्ठानका मानार्थ सदस्य एवम नेपाल सञ्योजक शशी लुमुम्बूले नेपाली भाष, साहित्य, कला र संस्कृतिको संरक्षणमा संस्थाले निरन्तर कार्य गर्दै आएको र नेपाली साहित्य प्रवद्र्धनको विविधमध्येको सम्मान र पुरस्कार पनि एक महत्वपूर्ण माध्यम भएको बताउनुभयो ।


सन् २००८ मा बेलायतमा स्थापना भएको प्रतिष्ठानले हरेक वर्ष प्रतिभा पुरस्कार र प्रतिभा सम्मानबाट एकएक स्रष्टालाई सम्मान गर्दै आएको छ । नेपाली साहित्य, कला र संगीत क्षेत्रमा योगदान पु¥याएका संघर्षशील युवा स्रष्टालाई प्रतिभा पुरस्कार र ५० वर्ष उमेर माथिका वरिष्ठ स्रष्टालाई प्रतिभा सम्मान प्रदान गर्दै आएको छ । त्यसैगरी प्रतिष्ठानले युवा स्रष्टाहरुको हौसलाका लागि बेलायतमा हरेक वर्ष अभिव्यक्ति श्रंखला आयोजना गर्दै
प्रतिष्ठानका मानार्थ सदस्य एवम नेपाल सञ्योजक शशी लुमुम्बूले नेपाली भाष, साहित्य, कला र संस्कृतिको संरक्षणमा संस्थाले निरन्तर कार्य गर्दै आएको र नेपाली साहित्य प्रवद्र्धनको विविधमध्येको सम्मान र पुरस्कार पनि एक महत्वपूर्ण माध्यम भएको बताउनुभयो ।


उहाँले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सन् २००८ मा बेलायतमा स्थापना भएको प्रतिभा प्रतिष्ठानले अहिलेसम्म २६ जना स्रष्टालाई सम्मानित तथा पुरस्कृत गरिएको जानकारी दिनुभयो । प्रतिष्ठानले हरेक वर्ष प्रतिभा पुरस्कार र प्रतिभा सम्मानबाट एकएक स्रष्टालाई सम्मान गर्दै आएको छ । नेपाली साहित्य, कला र संगीत क्षेत्रमा योगदान पु¥याएका संघर्षशील युवा स्रष्टालाई प्रतिभा पुरस्कार र ५० वर्ष उमेर माथिका वरिष्ठ स्रष्टालाई प्रतिभा सम्मान प्रदान गर्दै आएको छ । त्यसैगरी प्रतिष्ठानले युवा स्रष्टाहरुको हौसलाका लागि बेलायतमा हरेक वर्ष अभिव्यक्ति श्रंखला आयोजना गर्दै आएको छ ।

प्रकाशित : १८ माघ २०७७, आइतबार ००:००