५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

समाचार

माधवकुमार नेपाल : केपी ओलीको सिङ जुरो निर्वाचन आयोगले फुकालिदियो


१६ माघ २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौँ १६ माघ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको सिङ जुरो निर्वाचन आयोगले फुकालिदिएको बताएका छन् ।

ओलीले मनोनित गरेका केन्द्रीय सदस्यहरुलाई आयोगले अमान्य घोषणा गरिदिएको तर्फ संकेत गर्दै नेता नेपालले भने, ‘निर्वाचन आयोगले ओलीको सिङ जुरो फुकालिसकेको छ ।
नेकपा प्रचण्ड–माधव समूहले विराटनगरमा शुक्रबार आयोजना गरेको शक्ति प्रदर्शनमा सम्वोधन गर्दै अध्यक्ष नेपालले भने, ‘मूल पार्टी यही हो । सूर्य चिन्ह यही हो ।प्रधानमन्त्री ओलीले आहोदाको दुरुपयोग गरेको र संविधान मिच्ने काम गरेको नेता नेपालले बताए ।

प्रकाशित : १६ माघ २०७७, शुक्रबार ००:००