५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

मनोरञ्जन

पाइरेसीको मारमा परेर युटुबमा रिलिज आमा


१६ माघ २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौँ १६ माघ ।  पौष १० गतेबाट हल खुलेपछि प्रदर्शकहरुले चलचित्र ‘आमा’ पुनः रिलिज भएको थियो । गतबर्षको फागुण ९ गतेबाट रिलिज भएको यो चलचित्र कोभिडको मारमा पनि पर्यो । जसलेगर्दा, चलचित्र हलमा रिलिज हुँदाहुँदै कोभिडका कारण हल बन्द भएपछि यसको असर ‘आमा’लाई परेको थियो ।

यसैले पनि प्रदर्शकहरुले हल खुलेपछि यो चलचित्र पुनः रिलिज गरेका थिए । चलचित्र हलमा रिलिज भएको ११ महिनापछि यसलाई युटुबमा पनि रिलिज गरिएको छ ।
चलचित्र पाइरेसीको मारमा पनि पर्यो । यसैले पनि युटुबमा रिलिज गर्न हतार गरिएको समेत बताईएको छ ।

यो चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । यो टिमले चलचित्र ‘चिसो मान्छे’ बनाउने तयारी थालेको छ ।

प्रकाशित : १६ माघ २०७७, शुक्रबार ००:००