५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

समाचार

गगन थापाको कडा चेतावनी


१६ माघ २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौँ १६ माघ ।  नेपाली कांग्रेसका नेता गगनकुमार थापाले रामशाहपथबाट परपर भाग्ने र अदालतबारे बोल्दैनौं भन्ने कांग्रेस कायर भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा शान्ति बाटिकामा आयोजित सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्ने पार्टीको निर्णय भएको बताएका छन् ।‘बीपी कोइरालाको पार्टीका कार्यकर्ता हौं, जसले अदालतको चार किल्लाभित्र न्यायको हत्या नहोस् भन्नुभएको थियो’ उनले अघि भने, ‘पञ्चयतका बेलामा बोलेका बीपीका कार्यकर्ता आज रामशाहपथ देखेर परपर भाग्ने र अदालतबारे बोल्दैनौं भन्छन् भने ती कायर हुन् ।’

अदालतमा विचाराधीन भएको मुद्धामा कांग्रेस बोलेर पुस ५ गतेको संसद विघटन असंवैधानिक हो भनिसकेको उनले बताएका छन् ।

यदि अहिलेको संसद विघटन सदर हुने हो भने निर्वाचनको अपमान हुने थापाले बताएका छन् ।

प्रकाशित : १६ माघ २०७७, शुक्रबार ००:००