३० बैशाख २०८१, आइतबार । May 13, 2024

Uncategorized

हल अफ फेम सिजन २, देश बाहिरबाट सुरु गरिएको सबैभन्दा ठूलो सांगीतिक शो


१६ माघ २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौँ १६ माघ । अष्ट्रेलियाको मेलबर्नमा मुख्यालय रहेको अष्ट्रेलियाको सामूदायिक अनलाईन टेलिभिजन
एमएनटीभी अष्ट्रेलियाको आयोजनामा हाल सञ्चालित हल अफ फेम सिजन २ नेपाल बाहिरबाट
लगानी भएको सबैभन्दा ठूलो सांगीतिक रियालिटी शो बन्न पुगेको छ । सुरुवाती चार एपिसोड
हिमालय टेलिभिजन र एमएनटीभीबाट प्रशारण भइसकेको कार्यक्रमको प्रस्तुतिलाई लिएर धेरैले
प्रशंसा गरेका छन् । विश्व नै महामारीमा रहेको बेला कार्यक्रमको अवधारणा विकास गरिएको
थियो । अनलाईनबाट नै प्रतिभाहरुले आफ्नो सिर्जना र सांगीतिक शिप प्रस्तुत गर्न पाउने मात्र
होइन, त्यसलाई नेपाली संगीत आकाशकै चम्किला ताराहरु दिप श्रेष्ठ, विवेक श्रेष्ठ र रजिना
रिमालले मूल्यांकन गर्ने भएका कारण पनि धेरैको आकर्षण बढेको हो ।
कार्यक्रम निर्माण गर्ने एमएनटीभीका अध्यक्ष चन्द्र योन्जन सुरुवाती प्रतिक्रियाबाट आफुहरुमा
उत्साह थपेको बताउँछन् । मानिसहरुले कोरोना, कोरोना र चारैतिर कोरोनाकै कुरा भइरहँदा हामीले
फरक सोच राखेर यसलाई अगाडि बढाउने निर्णय गरेका थियौं । सुरुवाती कार्यक्रममा दर्शक र
शुभचिन्तकहरुको प्रशंसाले हामीलाई हौसला थपेको छ । उनले भने ।
यस्तै अष्ट्रेलियामा नै बसोबास गरिरहेका कन्दरा व्याण्डका चर्चित गायक विवेक श्रेष्ठले पनि
आफुलाई नयाँ अनुभव भइरहेको प्रतिक्रिया दिएका छन् । दुईजना निर्णायकहरु नेपालमा, म
अष्ट्रेलियामा । तर, हामी एकै समयमा प्रतिस्पर्धीको गीत सुनेर आफ्ना प्रतिक्रिया दिइरहेका हुन्छौं
। प्रविधिले यो सबै सम्भव तुल्याएको छ । अहोरात्र खटिने निर्माण पक्षले यसलाई सफल
तुल्याएको छ , श्रेष्ठले भने ।
कार्यक्रमको सुरुवाती चरणदेखि नै यसको विविध पक्षमा मार्गनिर्देश गर्दै आएका मेलबर्नका अगुवा
रन्जन वैद्यले भने, देश बाहिर रहेका नेपालीहरुको तर्फबाट नेपाली गीत संगीतको श्रीबृद्धि र
प्रतिभा प्रोत्साहनमा चालिएको यो नै सबैभन्दा ठूलो स्टेप होला जस्तो लाग्छ ।
सैयौं प्रतिस्पर्धीबाट छानिएर आएका टप ५० को प्रस्तुति यतिबेला कार्यक्रममा हेर्न सकिन्छ । यो
शुक्रबार र शनिबार फेरि थप प्रतिस्पर्धीहरुले आफुलाई अब्बल सावित गर्न कम्मर कस्दैछन् ।
नेपाली दर्शकहरुको लागि हल अफ फेम सिजन २ हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार
राति ८ बजेदेखि ९ बजेसम्म प्रशारण हुने गर्दछ । देश बाहिरका दर्शकहरुले एमएनटीभी
अष्ट्रेलिया र यसको युट्युब च्यानलबाट कार्यक्रम हेर्न सक्दछन् ।

प्रकाशित : १६ माघ २०७७, शुक्रबार ००:००